१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

१८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा 'टिनएजर'

तस्बिर : अनिस रेग्मी

काठमाडौँ — सिन्धुलीका डोरबहादुर खपांगी विश्वकै सबैभन्दा होचा 'टिनएजर' (किशोर)को रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा आफ्नो नाम दर्ता गराएका छन् ।

१८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा 'टिनएजर'

गोलन्जोर गाउँपालिका–४ का १८ वर्षीय खपांगीको उचाइ ७३.४३ सेन्टिमिटर(२ फिट ४.९ इन्च) छ । उनलाई सोमबार पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीले प्रमाणपत्र दिएका हुन् । खपांगीले उपाधि ग्रहण गर्ने क्रममा सोमबार उनको साथमा उनका दाजु नरबहादुर पनि थिए ।


उनलाई दिइएको प्रमाणपत्रमा भनिएको छ,'संसारको सबैभन्दा होचो टिनएजर(पुरुष) डोरबहादु खपांगी (१४ नोभेम्बर २००४ जन्म) जसको उचाइ ७३.४३ सेमि छ ।'

यसअघि भारतकी ज्यो एमेगलाई सन् २००९मा सबैभन्दा होची टिनएजरको उपाधि दिइएको थियो । उनको उचाइ ६१.९५ सेमी थियो ।


खपांगीले गत कात्तिक दोस्रो साता नागरिकता पाएका थिए । उनलाई नागरिकता दिनुअघि जिल्ला प्रशासनले उमेर यकिन गर्न चिकित्सकको सहयोग लिएको थियो । सामान्य बोल्ने र सामान्य कान सुन्ने खपांगीले औपचारिक रुपमा पढाइलेखाइ भने गरेका छैनन् ।

प्रकाशित : जेष्ठ १०, २०७९ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?