कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

यौन दुर्व्यवहारका आरोपित शिक्षकमाथि अनुसन्धानका लागि अदालतद्वारा म्याद थप

काठमाडौँ — छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका दुई शिक्षकलाई जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि ५ दिन म्याद थप गरेको छ । 

यौन दुर्व्यवहारका आरोपित शिक्षकमाथि अनुसन्धानका लागि अदालतद्वारा म्याद थप

काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका संयोजक जर्नादन अधिकारी र शिक्षक राजनकुमार पौडेल मंगलबार पक्राउ परेका हुन् ।

कक्षा ११ र १२ का छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार बिहानदेखि कलेजका विद्यार्थीहरुले सेन्ट लरेन्स कलेज र प्रहरी वृत्त गौशालामा आन्दोलन गरेका थिए।

विद्यार्थीको आन्दोलनपछि प्रहरी वृत्त गौशालाले उनीहरुलाई पक्राउ गरी अदालतमा पेस गरेको हो । शिक्षक अधिकारीमाथि केही समययता कक्षा ११ र १२ मा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

पटक–पटक कलेज व्यवस्थापनलाई घटनाबारे जानकारी गराउँदा पनि सुनुवाई नभएको र भित्रभित्रै मिलाउने प्रयास गरिएपछि विद्यार्थी आन्दोलित भएका हुन् । ती शिक्षकहरुले विद्यार्थीहरुमाथि अनैतिक रुपमा छुने, आफ्नो घरमा बस्ने र यौन सम्पर्कको प्रस्ताव गरेको छात्राहरुको आरोप छ ।

प्रकाशित : जेष्ठ १०, २०७९ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?