शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन कानुनी सुधार र संस्थागत प्रबन्ध मिलाइने 

काठमाडौँ — सरकारले शान्ति प्रक्रियाका बाँकी रहेका काम सम्पन्न गर्नका लागि आवश्यक कानुनी र संस्थागत प्रबन्ध गर्ने भएको छ । सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा शान्ति प्रक्रियाका बाँकी रहेका काम सम्पन्न गर्नका लागि लिइने नीतिबारे उल्लेख गरेको हो । 

शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन कानुनी सुधार र संस्थागत प्रबन्ध मिलाइने 

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनमा प्रस्तुत गर्ने क्रममा शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउने लिइने नीतिबारे उल्लखे गरेकी हुन् ।

'सत्य निरुपण, पीडितलाई न्याय, परिपूरण र मेलमिलापका समग्र पक्षलाई सम्बोधन गर्दै शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्‍याउन आवश्यक कानुनी सुधार एवं संस्थागत प्रबन्ध मिलाइनेछ,' सरकारको नीति तथा कार्यक्रम रहेको छ ।

सरकारले स्थानीय तहका न्यायिक समितिको संस्थागत सुधार र क्षमता अभिवृद्धि गर्ने नीति पनि लिने भएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७९ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?