कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८
नीति तथा कार्यक्रम

बालश्रम रोक्न सरकारी र निजी प्रतिष्ठानमा 'श्रम अडिट' अनिवार्य

काठमाडौँ — सरकारले बाल श्रम रोक्नका लागि सरकारी र निजी प्रतिष्ठानहरूमा 'श्रम अडिट' अनिवार्य गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा श्रम अडिटको नीति लिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा मंगलबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा बालश्रम अन्त्यको नीति सार्वजनिक गरेकी हुन् । 

बालश्रम रोक्न सरकारी र निजी प्रतिष्ठानमा 'श्रम अडिट' अनिवार्य

'संघ, प्रदेश र स्थानीय तह एवं निजी क्षेत्र समेतको समन्वय, सहकार्यमा बाल श्रमिकको उद्धार, पुनःस्थापना र पुनर्मिलन कार्यक्रम सञ्चालन गरिनेछ,' सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, 'सबै सरकारी र निजी प्रतिष्ठानहरूमा श्रम अडिट गर्ने व्यवस्थालाई अनिवार्य गरिनेछ ।'

सरकारले सबै क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्दै लैजाने नीति पनि लिने भएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७९ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?