आगामी आर्थिक वर्षभित्र ७ सय १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
नीति तथा कार्यक्रम

आगामी आर्थिक वर्षभित्र ७ सय १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षमा थप ७ सय १५ मेगावाट विद्युत् राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने लक्ष्य लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्का दुवै सदनमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्युत् हरेक स्थानीय तहसम्म लैजाने र उत्पादन वृद्धिको नीति लिइने बताएकी हुन् ।  

'आगामी दुई वर्षभित्र सबै स्थानीय तहलाई विद्युतीकरण गर्न विद्युत् उत्पादन, प्रशारण तथा वितरणमा लगानी वृद्धि गरिनेछ,' नीति तथा कार्यक्रममा भनिएको छ, 'सरकारी तथा निजी क्षेत्रबाट प्रवर्द्धित जलविद्युत् आयोजना सम्पन्न गरी आगामी आर्थिक वर्ष थप ७ सय १५ मेगावाट विद्यतु् राष्ट्रिय प्रशारण प्रणालीमा जोडिनेछ ।'

प्रकाशित : जेष्ठ १०, २०७९ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनालाई बजेट नदिइने

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्व तयारी नभएका,  आयोजना बैंकमा नराखिएका र राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन नगरिने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले तीन तहको बजेट कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न यस्तो व्यवस्था गरिएको बताइन् ।

संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले ठूला तथा रणनैतिक महत्वका पूर्वाधार निर्माण तथा औद्योगिक विकासका लागि सार्वजनिक निजी साझेदारीमा संयूक्त लगानी र निर्माण ढाँचा कार्यान्वयनमा ल्याइने बताइन् । पुँजीगत खर्च वृद्धि गर्न र विकास आयोजना कार्यान्वयनलाई सहजीकरण गर्न नतिजामा आधारित आयोजना व्यवस्थापन प्रणाली सहितको विकास सम्बन्धी छुट्टै कानुन तर्जुमा गरिने उनले बताइन् ।

विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रक्रियामा आउने विवादलाई शीघ्र निरुपण गर्न सार्वजनिक खरिद सम्बन्धी कानुनमा सुधार गर्नुका साथै यससम्बन्धी संचरनालाई सुदृढ बनाइने उनले घोषणा गरिन् । राष्ट्रिय गौरव, रणनैतिक र ठूला आयोजना बाहेकका अन्य आयोजनाहरु प्रदेश र स्थानीय तहबाट कार्यान्वयन गरिने छ ।

प्रकाशित : जेष्ठ १०, २०७९ १७:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×