जनताले एमालेसँगको असन्तुष्टि पोखे, कांग्रेस घानमा पर्‍यो : प्रवक्ता महत

काठमाडौँ — नेपाली कांग्रेसका प्रवक्ता प्रकाशसरण महतले गएको पाँच वर्षमा नेकपा एमालेले बहुमत पाएर पनि केही गर्न नसकेको रोष जनताले स्वतन्त्र उम्मेदवारमाथि पोखेको बताएका छन् । उनले जनताले एमालेसँगको असन्तुष्टि पोख्दा कांग्रेस पनि त्यही घानमा परेको बताए ।

जनताले एमालेसँगको असन्तुष्टि पोखे, कांग्रेस घानमा पर्‍यो : प्रवक्ता महत

‘निर्वाचनमा अपवाद जहिल्यै पनि हुन्छ । देशभर ७५३ स्थानीय तह छन् । तीमध्ये केही ठाउँमा स्वतन्त्र उम्मेदवारले जित्नुभएको छ । यो अपवाद मात्रै हो । यही कुरालाई आधार बनाएर दलहरू असफल भइसके भन्न मिल्दैन,’ उनले भने, ‘जनताले दलको विकल्प रोज्ने अवस्था आउने कुरामा पक्कै पनि दलप्रतिको कुनै न कुनै असन्तुष्टि र निराशा छ, यसबाट दलहरूले सिक्नुपर्ने अवश्य छ । तर, दलहरू असफल भइसकेको अवस्था होइन ।’

उनले अहिले देखिएको स्वतन्त्र उम्मेदवार प्रतिको आकर्षण नेकपा एमालेले विगतमा पाँच वर्षका लागि बहुमत प्राप्त गरेर पनि काम गर्न नसक्दाको परिणाम भएको दाबी गरे । ‘यसको मूलभूत कारण भनेको केपी ओलीजीको सरकार हो । त्यो सरकारले हिजो गरेको कामको प्रतिक्रिया अहिले जनताले स्वतन्त्रलाई मत दिए, यो त्यसको रिएक्सन हो,’ उनले भने, ‘हामी पनि त्यही घानमा परेका छौँ ।’

उनले नेपाली कांग्रेसले आगामी दिनमा अझै धेरै जनताको भावनालाई केन्द्रमा राखेर काम गर्ने बताए । ‘युवाहरू किन दलसँग असन्तुष्ट छन् भनेर हामीले छलफल गर्नुपर्ने सिकाइ भएको छ । युवाहरूका मुद्दा, भावनालाई हामी आगामी दिनमा थप सम्बोधन गरेर जान्छौँ,’ उनले भने ।

प्रकाशित : जेष्ठ ९, २०७९ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?