कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत

अमृता अनमोल

बुटवल — रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । तिलोत्तमा–५ सीमानगरकी बालिका आइतबार साँझ बलात्कृत भएकी हुन् ।

बालिकालाई मिठाई खान जाने प्रलोभन देखाएर चिनजानका छिमेकीले नजिकैको तिनाउ खोलामा लगेर बलत्कार गरेको प्रहरीले जनाएको छ । बालिका चिच्याएपछि स्थानीयले उद्धार गरी प्रहरीलाई खबर गरेका थिए ।

बलात्कार गरेको अभियोगमा प्रहरीले बुटवल उपमहानगरपालिका–११ का ५९ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । ती व्यक्तिविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए । अभियुक्तले बालिकालाई बलात्कार गरेको स्वीकारेको पनि प्रहरीले जनाएको छ ।

बालिकालाई लुम्बिनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरी घर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७९ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?