कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बंगलादेश, म्यान्मार र ओमानका लागि प्रस्तावित राजदूत अनुमोदित

काठमाडौँ — बंगलादेश, म्यान्मार र ओमानका लागि प्रस्तावित राजदूतहरूलाई संसदीय सुनुवाइ समितिले आइतबार अनुमोदन गरेको छ । सरकारले बंगलादेशका लागि घनश्याम भण्डारी, म्यान्मारका लागि हरिश्चन्द्र घिमिरे र ओमानका लागि डोरनाथ अर्याललाई राजदूतमा सिफारिस गरेको थियो ।

बंगलादेश, म्यान्मार र ओमानका लागि प्रस्तावित राजदूत अनुमोदित

उनीहरूको आइतबार छुट्टाछुट्टै सुनुवाइ गरी अनुमोदन गरिएको हो । समितिका सभापति लक्ष्मणलाल कर्णका अनुसार तीनै जना प्रस्तावित राजदूतको सुनुवाइपछि अनुमोदन गरिएको हो ।

योसँगै सरकारले सिफारिस गरेका २० राजदूतमध्ये १८ ओटा मुलुकका प्रस्तावित राजदूतहरूको सुनुवाइ सकिएको छ । अब उजुरीमाथि थप अनुसन्धान गर्नु पर्ने दुई मुलुकका प्रस्तावित राजदूतहरू (डेनमार्कका लागि प्राध्यापक रामस्वार्थ राय र श्रीलंकाका लागि वासुदेव मिश्र) को बारेमा केहि दिनमै समितिले निर्णय गर्ने छ ।

उनीहरूको उजुरीका सम्बन्धमा समितिले परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप अध्ययन गर्नका लागि पत्राचार गरेको थियो । ‘उक्त पत्राचारको जवाफ आएपछि उनीहरूको अनुमोदनको सम्बन्धमा निर्णय गर्ने छौं,’ सभापति कर्णले भने ।

अनुमोदित भएका १८ राजदूतहरूको भने सम्बन्धित मुलुकहरूमा एग्रिमो (स्वीकृति)का लागि परराष्ट्र मन्त्रालयबाट पत्राचार हुन्छ । एग्रिमो आएपछि उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा नियुक्त गर्ने छिन् ।

प्रकाशित : जेष्ठ ८, २०७९ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?