१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ

काठमाडौँ — आठ वर्षअघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा आयोजक मनोज पाण्डे पक्राउ परेका छन् ।  शनिबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाण्डेलाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले कान्तिपुरलाई जानकारी दियो । 

सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागीलाई आयोजकले होटलमा बोलाएर बलात्कार गरेको तथा फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको घटना पीडितले सार्वजनिक गरेपछि यस्ता जघन्य अपराधमा प्रहरी, सरकारी वकिल र अदालत र संसद्लाई संवेदनशील बनाउन सडकमा आवाज उठ्न थालेको छ । यो विषयमा शुक्रबार संसद्मा समेत बहस भएको छ ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वमा उक्त घटनाबारे छानबिन गर्न समितिसमेत गठन गरिसकेको छ । उक्त समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन्। समितिले शुक्रबारबाटै अनुसन्धान सुरु गरेको छ ।

अहिले २४ वर्षकी ती युवती बलात्कार र यौन शोषण हुँदा १६ वर्षकी मात्र थिइन् । प्रतियोगितामा भाग लिने, मोडलिङमा अगाडि बढ्ने सुन्दर सपना बोकेकी उनलाई प्रतियोगिताका आयोजकले होटलमा बोलाएर बलात्कार तथा पटकपटक यौन शोषण गरेपछि आफ्ना सामाजिक सम्बन्धहरू भत्किएको मात्र होइन, आत्मबल टुटेकाले औषधिको सहारा लिनुपरेको युवतीको भनाइ छ । आठ वर्ष लामो अन्तर्द्वन्द्वपछि बोल्ने आँट जुटाएकी उनका अगाडि हदम्यादको तघारो देखिएको छ । तर, तगारो हटाउने जिम्मेवारी सरकार र न्यायालयले पूरा गर्नुपर्ने भन्दै आवाज उठेको छ ।

सम्बन्धित समाचार

प्रकाशित : जेष्ठ ७, २०७९ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?