कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चितवनमा रुख ढलेर अटो रिक्सा र भ्यानलाई थिच्दा ३ को मृत्यु

रमेशकुमार पौडेल

चितवन — हावाहुरी कारण शुक्रबार साँझ रुख ढलेर अटो रिक्सालाई थिच्दा चितवनमा ३ जनाको मृत्यु भएको छ । पदमपुरबाट भरतपुरतर्फ आउँदे गरेको ना २ ह २२४७ नम्बरको अटोलाई रुखले थिच्दा घटनास्थलमा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

रुखले अटोलाई थिच्दा भरतपुर-११ लामाटोलका प्रदीप लामा र गोरखा गण्डकी गाउँपालिका-६ घर भई भरतपुर-७ बस्ने माया गुरुङको घटनास्थलमै मृत्यु भएको चितवनका डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

यस्तै, भोजाडमै ना १ ज ६१४० नम्बरको म्याजिक भ्यानलाई रुखले थिच्दा भरतपुर-११ का लोकनाथ न्यौपानेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । साँझ एक्कासी आएको हावाहुरीका कारण जिल्लाका विभिन्न ठाउँमा रुख ढल्दा बिजुलीका पोलहरु ढलेका छन् भने ठाउँ-ठाउँमा विद्युत् अवरुद्ध भएको छ ।

प्रकाशित : जेष्ठ ६, २०७९ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?