२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

विजयी जुलुसमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

विनोद भण्डारी

विराटनगर — मोरङको सुनवर्षीमा विजयी जुलुस मनाउने क्रममा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । कांग्रेसको आधार क्षेत्र मानिएको यो नगरमा पहिलो पटक मेयर र उपमेयर एमालेले जितेको थियो ।

त्यही विजयी जुलुसमा सहभागी बोकेको को २ त १४३७ नम्बरको ट्याक्टर सुनवर्षी–६ सिटौला टोलमा दुर्घटना हुँदा वडा नं. ५ निवासी राजकुमारी सरदारको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ६ जना घाइते छन । उनीहरुको रंगेली जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यो नगरको मेयरमा श्यामप्रसाद राजबंशी र उपमेयरमा मिरादेवी दास केवरत विजयी भएका थिए ।


प्रकाशित : जेष्ठ ६, २०७९ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?