कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

बलात्कारसम्बन्धी अपराधमा हदम्याद तोकिनुहुन्नँ : पौडेल

काठमाडौँ — नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले बलात्कारसम्बन्धी मुद्दामा लगाइएको हदम्याद हटाउनुपर्ने बताएका छन् । उनले त्यस्तो हदम्यादका कारण अपराधीले सहजै उन्मुक्ति पाउने र पीडित कमजोर हुने अवस्था रहेको बताए । 

बलात्कारसम्बन्धी अपराधमा हदम्याद तोकिनुहुन्नँ : पौडेल

'मुलुकी अपराध संहिता-२०७४ र बालबालिकासम्बन्धी ऐनमा बलात्कार कसुरबारे उजुरीको हदम्याद तोकिएको छ,' उनले सामाजिक सन्जालमार्फत् भनेका छन्, 'त्यहीकारण पीडितहरु प्रताडनाबाट गुज्रने गरेको पाइएको छ। बलात्कारका पुराना घटनाको उजुरी नलिदाँ पीडितले हरेश खाने तथा अपराधीले सहजै उन्मूक्ति पाउने अवस्था छ। यस्ता अपराधमा समय सीमाको हदम्याद तोकिनुहुन्नँ।'

विहीबारमात्रै आठ वर्षअघि भएको एक सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफुमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेकी थिइन् । हदम्यादका कारण आफुले न्याय पाउने अवस्था नरहेको ती युवतीको गुनासो छ । अधिकारकर्मी र युवाहरुले शुक्रबार विहान बलात्कार सम्बन्धी मुद्दामा रहेको हदम्यादको व्यवस्था हटाउन माग गर्दै बालुवाटारमा प्रदर्शन गरेका छन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?