परसपुरमा मत परिणामलाई लिएर दुई समूहबीच झडप

रूपा गहतराज

नेपालगन्ज — चुनावी मत परिणामका विषयलाई लिएर नेपालगन्ज वडा नं. १७ परसपुरमा झडप भएको छ । वडाध्यक्षमा निर्वाचित लक्ष्मणप्रसाद वर्माको समूहमाथि आक्रमण भएपछि दुई समूहबीच झडप भएको हो ।

नेपाली कांग्रेसका नेता बादशाह कुर्मी परिवार र निवर्तमान वडाध्यक्ष अजय पाठकका समर्थकबीच चुनावी परिणामलाई लिएर भएको बाझाबाझ पछि झडपमा परिणत भएको हो ।

‘दुई गाउँले पक्षधरबीच झडप भएको खबर आएपछि तत्कालै प्रहरी गएर स्थितिलाई नियन्त्रणमा लिएको छौं’, जिल्ला प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले भने, ‘केही घाइतेलाई नर्सिङ होम ल्याइएको छ, घटनास्थल प्रहरीको नियन्त्रणमा लिएका छौं ।’

कांग्रेस नेता बादशाह कुर्मीले विजय जुलुसमाथि पाठकको समूहले आक्रमण गरेको दाबी गरेका छन् । ‘वडाध्यक्षलाई नियन्त्रणमा लिएर कुटपिट भएको छ’, आफ्ना भतिज सन्दिप वर्मासहित ७ जना गम्भीर घाइते भएको बताउँदै कुर्मीले भने, ‘प्रहरीले दोषीलाई पक्राउ गर्न सकेको छैन ।’

वडाध्यक्षका उम्मेदवार रहेका अजय पाठकविरुद्ध उजुरी परेपछि उनको उम्मेदवारी रद्द भएको थियो । उम्मेदवारी रद्द गराउन सत्ताको शक्ति कुर्मीले दुरुपयोग गरेको आरोप पाठकले लगाउँदै आएका थिए ।

निर्वाचनमा एमालेका तीन सदस्य र कांग्रेसले वडा ध्यक्षसहित एक सदस्यमा निर्वाचीत भएका थिए ।


प्रकाशित : जेष्ठ ५, २०७९ २३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?