कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
सानोभेरीका जनप्रतिनिधिको पहिलो निर्णय

इन्जिनियर र चिकित्सक पढ्न छात्रवृत्ति, सबै वडामा सस्तो पसल

हरि गौतम

रुकुम पश्चिम — केही ठाउँमा अहिले पनि मत गणना जारी छ । मत गणना सकेका ठाउँमा पनि प्रमाण पत्र बुफ्ने र सपथ ग्रहणको कार्यक्रम भएको छैन । तर रुकुमपश्चिमको सानीभेरी गाउँपालिकाका जनप्रतिनिधिले भने पदभार ग्रहण गरी निर्णय समेत गरिसकेका छन् । अध्यक्ष विर्खबहादुर विष्ट, उपाध्यक्ष कमला रोका लगायत ११ वटै वडाका अध्यक्षले पदभार ग्रहण गरिसकेका छन् । 

इन्जिनियर र चिकित्सक पढ्न छात्रवृत्ति, सबै वडामा सस्तो पसल

गाउँपालिका अध्यक्ष विष्टले पदभार ग्रहण गर्दै गर्दा ४ निर्णय गराएका छन् । आगामी आर्थिक वर्ष २०७९/०८० बाट कार्यान्वयन हुने गरी विष्टले ४ निर्णयमा हस्ताक्षर गरेका छन् । प्राविधिक शिक्षातर्फ इन्जिनियर र डाक्टर लगायतका विषयमा छात्रवृत्ति प्रदान गर्ने, छात्रवृत्तिबाट पढेकाले निश्चित समयकालागि गाउँमा नि:शुल्क सेवा गर्नुपर्ने गरी निर्णय गराएका छन् ।

सहकारीमार्फत सबै वडामा सस्तो पसल सञ्चालन गर्ने र खाद्य सामग्री उपलब्ध गराउने, २ वर्षभित्र गाउँपालिकाका सबै खरका छानामुक्त गराउने निर्णय विष्टले गरेका छन् ।

गाउँपालिकाका सबै नागरिकलाई स्वास्थ्य बीमामा समेट्ने, लोपोन्मुख समुदायका व्यक्ति गरीब, अशक्त, असहाय लगायतका व्यक्तिको नि:शुल्क स्वास्थ्य बीमा गरिदिने निर्णयमा विष्टले सही गरेका छन् । ‘पदभार ग्रहणका क्रममा केही निर्णय गरियो, आगामी आर्थिक वर्षदेखि कार्यान्वय हुन्छ,’ अध्यक्ष विष्टले भने, ‘भएका निर्णय कार्यान्वयन गर्न सकेमात्रै जनताको पक्षमा धेरै हुने छ भन्ने अपेक्षा गरेका छौं ।’

प्रकाशित : जेष्ठ ५, २०७९ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?