तनहुँको शुक्लागण्डकीमा कांग्रेसका पण्डित र माओवादी केन्द्रका विक विजयी

सम्झना रसाइली

तनहुँ — शुक्लगण्डकी नगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनका उम्मेद्वार बिजयी भएका छन् । मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णराज पण्डित र उपप्रमुखमा नेकपा माओवादी केन्द्रबाट खुमबहादुर बिक बिजयी भएका हुन् ।

तनहुँको शुक्लागण्डकीमा कांग्रेसका पण्डित र माओवादी केन्द्रका विक विजयी

मेयरमा निर्वाचित पण्डितले १२ हजार २६३ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेबाट प्रमुखका उम्मेद्वार मुक्तिनाथ तिम्सिनाले ९ हजार ८४० मत ल्याए ।

उपमेयरमा निर्वाचित बिकले १० हजार २३२ मत ल्याए भने एमालेकी फुलमाया वाग्लेले ९ हजार ८५७ मत ल्याइन् । नगरपालिकाका १२ वटा वडामध्ये एमालेले ६, कांग्रेसले ५ र माओवादी केन्द्रले एक वटा वडामा बिजयी हासिल गरेको छ ।


प्रकाशित : जेष्ठ ४, २०७९ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?