३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

स्याङ्जाको वालिङमा मेयर एमाले र उपमेयरमा कांग्रेसका उम्मेदवार निर्वाचित

प्रतीक्षा काफ्ले

स्याङ्जा — वालिङ नगरपालिको मेयरमा एमाले र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमालेका कृष्ण खाँण निर्वाचित हुँदा उपमेयरमा कांग्रेसकी उम्मेदवार कविता तिवारी निर्वाचित भएकी छन् ।

स्याङ्जाको वालिङमा मेयर एमाले र उपमेयरमा कांग्रेसका उम्मेदवार निर्वाचित

निकटतम प्रतिस्पर्धी वालिङ नगरपालिकाका निवर्तमान मेयर कांग्रेसका दिलिपप्रताप खाँणलाई २ हजार १ सय ८३ मतान्तरले पछाडि पार्दै एमालेका कृष्ण विजयी भएका हुन् । बुधबार सकिएको मतगणना परिणाम अनुसार कृष्णले १३ हजार ७ सय ७६ मत प्राप्त गर्दा पराजित भएका दिलिपले ११ हजार ५ सय ९३ मत ल्याए ।

यस्तै, उपमेयरमा प्रतिस्पर्धी एमालेकी खगिसरा थापालाई ४ सय ८२ मतान्तरले पछि पार्दै कांग्रेसकी कविता तिवारी विजयी भएकी छन् । तिवारीले १२ हजार ८ सय २२ मत प्राप्त गरिन् । थापाले भने १२ हजार ३ सय ४० मत प्राप्त गरेकी छन् । थापा २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसकी कल्पना तिवारीसँग उपमेयरमै पराजित भएकी थिइन् ।

वालिङ नगरपालिकाका १४ वडामध्ये कांग्रेसले ६ र एमालेले ८ वडाध्यक्ष जितेका छन् । निर्वाचन कार्यालयको सचिवालयका अनुसार वडा नम्बर १ मा कांग्रेसका पदमराज गुरुङ, २ मा कांग्रेसका पोतबहादुर लम्साल, ३ मा एमालेका भीमबहादुर गुरुङ, ४ मा एमालेका हरिप्रसाद खनाल, ५ मा कांग्रेसका छवि आले, ६ मा एमालेका श्यामकृष्ण श्रेष्ठ, ७ मा एमालेका पाण्डुकुमार थापा, ८ मा एमालेका दामोदर तिवारी, ९ मा एमालेका अमृत श्रेष्ठ, १० मा कांग्रेसका सुनिल खनाल, ११ मा कांग्रेसका डण्डापानी पंगेनी, १२ मा एमालेका विश्वजंग गुरुङ, १३ मा एमालेका नमलाल डुम्रे र १४ मा कांग्रेसका राजु कुँवर अध्यक्ष निर्वाचित भएका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?