उदयपुरमा कार दुर्घटना हुँदा एकको मृत्यु, ४ जना घाइते

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरमा कार दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

उदयपुरमा कार दुर्घटना हुँदा एकको मृत्यु, ४ जना घाइते

मदन भण्डारी राजमार्गको उदयपुरगढी गाउँपालिका– ६ नेपालटार दनुवारबेसीको वैद्यनाथ खोला पुलमा वीरगंञ्जबाट विराटनगर जाँदै गरेको बा २५ च ७८१९ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना हुँदा कारमा सवार ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले बताए ।

मंगलबार राति ९ बजे भएको दुर्घटनामा घाइते भएकामध्ये मोरङको विराटनगर महानगरपालिका– ५ चाँदनी चोकका ३४ वर्षीय देवेन्द्र चापागाईंको जिल्ला अस्पताल गाईघाटमा उपचारका क्रममा मंगलबार राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन् । राति कार अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएकाहरुलाई जिल्ला अस्पताल गाईघाटमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो हस्पिटल रिफर गरिएको छ ।

घाइतेहरुमा कार चालक मोरङ विराटनगर महानगरपालिका– ५ चाँदनी चोकका ३१ वर्षीय विशाल राय, २३ वर्षीय सुजन खतिवडा, २७ वर्षीय सागर घिमिरे र ३५ वर्षीय सुरज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले बताए । प्रहरी चौकी नेपालटार र स्थानीयबासीको सहयोगमा घाइतेहरुको उद्धार गरी अस्पताल पठाउने काम भएको स्थानीयबासीले बताए । मृतक चापागाईंको शव जिल्ला अस्पताल गाईघाटको शव गृहमा राखिएको छ ।

प्रकाशित : जेष्ठ ४, २०७९ ००:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?