कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय सभा बैठकमा एमालेको अवरोध कायमै, प्रतिनिधिसभामा हट्यो

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले राष्ट्रिय सभा बैठक अवरुद्ध पारेको छ । बजेट अधिवेशनको पहिलो दिन मंगलबार अपरान्ह बोलाइएको राष्ट्रिय सभा बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर अवरुद्ध पारेका हुन् ।

राष्ट्रिय सभा बैठकमा एमालेको अवरोध कायमै, प्रतिनिधिसभामा हट्यो

प्रतिनिधिसभामा एमालेको अवरोध हटेको छ । एमालेका सांसद‌ तथा उपमहासचिव प्रदीप ज्ञवालीले मंगलबारको प्रतिनिधिसभा बैठकमा बोलेका थिए ।

सभामुख अग्निप्रसाद सापकोटा र सत्तारुढ गठबन्धन दलका नेता प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरुले अगाडि सारेका माग सम्बोधन गर्न पहल समेत गर्न नचाहेकाले राष्ट्रिय सभा बैठकलाई अवरुद्ध पार्ने कामलाई आफ्नो दलले निरन्तरता दिन बाध्य हुनु परेको एमालेका सांसद देवेन्द्र दाहालले बताए ।

प्रकाशित : जेष्ठ ३, २०७९ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?