मोदीजीको उपस्थितिले लुम्बिनीको गौरव बढ्यो : प्रधानमन्त्री देउवा

दीपेन्द्र बडुवाल

लुम्बिनी — प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जन्मस्थलमा आफना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिले लुम्बिनी ऐतिहासिक गौरव बढेको बताएका छन् ।

मोदीजीको उपस्थितिले लुम्बिनीको गौरव बढ्यो : प्रधानमन्त्री देउवा

सोमबार अपरान्ह यहाँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस समारोह सम्बोधन गर्दै कोरोना महामारीका कारण विगतमा दुईवटा बुद्ध जयन्ती सीमित सहभागितामा मनाउनु परेको उल्लेख गर्दै यसपटक भव्य रुपमा समारोह आयोजना गर्न सफल भएकोमा हर्ष व्यक्त गरे ।

भारतीय प्रधानमन्त्रीको भ्रमणले लुम्बिनीलाई विश्वभर परिचित तुल्याउन योगदान पुर्‍याउने उनले विश्वास व्यक्त गरे । यसअघि मुलुकमा जनकपुर, मुक्तिनाथ, पशुपति नाथमा भ्रमण गरेर मोदीले दुई मुलुकको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउन भूमिका खेलेकोमा प्रशंसा गरे । ‘यस्ता भ्रमणले ती तीर्थस्थलमा भारतीय पर्यटकको संख्या उलेख्य रुपमा वृद्धि भएको छ,’ उनले भने, ‘यसका लागि प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गर्न चाहन्छु ।’

समारोहमा मुलुकको आर्थिक विकासमा निरन्तर सहयोगका लागि भारत सरकारप्रति आभार व्यक्त गरेका थिए । ‘नेपालको पूर्वाधार निर्माण, सम्पर्क सञ्जाल विस्तार, जलविद्युत्, कृषि तथा मानव संसाधन विकास र भूकम्पपछिको पुन:निर्माणका लागि भारत सरकारले पुर्‍याएको अमूल्य सहयोगप्रति आभार व्यक्त गदछौं,’उनले भने ।

प्रकाशित : जेष्ठ २, २०७९ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?