बालेन साहको जित/हारमा खसी बाजी राख्ने पक्राउ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालेन साहको जित/हारमा खसी बाजी राख्ने पक्राउ

डम्बरसिं राई

खोटाङ — वालेन्द्र साह (बालेन)को जित/हारमा खसी बाजी राख्ने खोटाङका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका विजय फुयाल र रमेश खड्का सोमबार पक्राउ परेका हुन् ।

यस्तो बाजी गैरकानुनी भएकाले पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए ।

साहले चुनाव जिते फुयाललाई खड्काले २८ किलोको खसी दिनुपर्ने र चुनावमा साह पराजित भए फुयालले २८ किलोकै खसी खड्कालाई तिर्नुपर्ने भन्नेबारेमा दुवै पक्षले गरेको तमसुक बाहिरिएको थियो । यदि खसी दिन नसकेमा त्यति किलोको खसीको मूल्य दिनुपर्ने उनीहरूद्वारा गरिएको तमसुकमा उल्लेख गरिएको छ ।

दिक्तेलस्थित राजन दुलालको घरमा बसेर स्थानीय दिनेश आचार्य, सुमन बास्तोला र सरोज खतिवडाको रोहबरमा उनीहरूले बाजी राखेका थिए । ‘बाजीमा रोहबरमा राखिहाले‚’ दिनेश आचार्यले भने‚ ‘तर‚ बाजीको लेनदेन कहिले भन्ने चाहिँ टुङ्गो भएको छैन ।’


प्रकाशित : जेष्ठ २, २०७९ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्

खोटाङको बराहापोखरी गाउँपालिकामा कांग्रेसका बन्जरा विजयी

डम्बरसिं राई

खोटाङ — बराहापोखरी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका शालिकराम बन्जरा विजयी भएका छन् । उनले तीन हजार एक सय ८१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी एमालेकी गोमा मगरले दुई हजार तीन सय ३० मत ल्याएर पराजित भएकी छन् ।


उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका भुवलराज राईले दुई हजार छ सय ९४ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्दी एमालेका जीवनकुमार राईले दुई हजार दुई सय ९५ मत ल्याएर पराजित भएको निर्वाचन अधिकृत कोपिला राईले बताइन् । उक्त पालिकामा कांग्रेस, माओवादी, एकीकृत समाजवादीको गठबन्धन भएको थियो ।


प्रकाशित : जेष्ठ २, २०७९ ०९:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×