यस्ता छन् नेपाल-भारतबीच भएका ६ सम्झौता

जगदीश्वर पाण्डे

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सोमबार भएको लुम्बिनी भ्रमणका क्रममा नेपाल र भारतबीच ६ बुँदे सम्झौता भएको छ ।

यस्ता छन् नेपाल-भारतबीच भएका ६ सम्झौता

भारतको विदेश मन्त्रालयद्वारा सार्वजनिक गरिएको वक्तव्यअनुसार दुई मुलुकबीच ६ बुँदामा सम्झौता भएको हो ।

यस्ता छन् सम्झौताहरू

१. बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने सम्बन्धमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता

२. भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र नेपाल तथा एसियाली अध्ययन केन्द्र तथा त्रिभुवन विश्वविद्यालयबीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने सम्झौता ।

३. भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र काठमाडौं विश्वविद्यालय (केयू) बीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने सम्झौता

४. काठमाडौं विश्वविद्यालय (केयू) र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम)बीच सहयोगको सम्झौता

५. नेपालको काठमाडौं विश्वविद्यालय (केयू) र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) भारतबीच स्नातकोत्तर तहमा संयुक्त डिग्री कार्यक्रम गरिने

६. अरुण चौथो आयोजनाको विकास र कार्यान्वयनका लागि सतलज जलविद्युत् लिमिटेड र नेपाल विद्युत् प्राधिकरण (एनईए)बीच सम्झौता

प्रकाशित : जेष्ठ २, २०७९ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?