कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लुम्बनीमा देउवा–मोदी : मायादेवी मन्दिरमा पूजापछि गरे बिहार शिलान्यास

लुम्बिनी — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेला बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणमा छन् । सोमबार बिहान १० बजेर ४० मिनेटमा भारतीय वायु सेनाको हेलिकप्टरबाट लुम्बिनीमा उत्रिएका मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरुले स्वागत गरेका थिए । लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्र अगाडि तयार पारिएको हेलिप्याडमै पुगेर प्रधानमन्त्री र मन्त्रीहरुले मोदीलाई स्वागत गरेका थिए ।

लुम्बनीमा देउवा–मोदी : मायादेवी मन्दिरमा पूजापछि गरे बिहार शिलान्यास

पहेलो कुर्ता पहिरिएका मोदीले हेलिकप्टरबाट उत्रिए लगत्तै सञ्चारकर्मी र उपस्थित व्यक्तिलाई हात उठाएर अभिवादन गरे । स्वागतमा सहभागी गृहमन्त्री बालकृष्ण खाँणले मोदीलाई उद्धृत गर्दै उनले पहिलो पटक लुीम्बनी आउँदा खुसी लागेको प्रतिक्रिया दिए ।

साथै दुई मुलुकका प्रधानमन्त्रीले भेटको क्रममा संयुक्त रुपमा विश्व शान्तिको कामना गर्ने बताएका थिए । लुम्बिनीमा उत्रिएलगत्तै प्रधानमन्त्री देउवा र मोदी मायादेवी मन्दिरमा पूजाका लागि प्रस्थान गरेका थिए । मायादेवी मन्दिरमा दुवै प्रधानमन्त्रीले एकैसाथ शान्ति पूजा गरेका थिए । प्रधानमन्त्री मोदीले मायादेवी मन्दिर परिसरमा हुर्किरहेको बोधी बृक्षमा जल सिञ्चन गरेका थिए ।

आफ्ना समकक्षी मोदीसँगै प्रधानमन्त्री देउवा र उनकी पत्नि आरजु राणा बुद्ध जन्मस्थल भ्रमण गरिरहेका छन् । मायादेवीमा पूजापछि दुवै प्रधानमन्त्री लुम्बिनीको पश्चिमी बिहार क्षेत्रमा भारतीय संस्कृति मन्त्रालयले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फिडेरेशन (आईबीसी) बिहारस्थल पुगेका थिए । त्यहाँ दुवै प्रधानमन्त्रीले संयुक्त रुपमा उक्त बिहारको शिलान्यास गरेका थिए।

लगत्तै मोदी लुम्बिनी नजिकै रहेको होटल पवन प्यालेसमा पुगे । त्यहाँ प्रधानमन्त्रीबीच भेटवार्ता र विभिन्न समझदारी पत्रमा हस्ताक्षरको कार्यक्रम रहेको भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले बताए । ‘धेरै विषयमा सझौता हुँदैछन् । कार्यक्रम सकिएपछि जानकारी भइहाल्छ,’ शर्माले भने । उक्त औपचारिक कार्यक्रम सकिएपछि साढे तीन बजे दुवै मुलुकका प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा आयोजना हुने बुद्ध जयन्ती समारोहलाई सम्बोधन गर्नेछन् ।

प्रकाशित : जेष्ठ २, २०७९ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?