१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लुम्बिनीमा ओ‌र्लिए लगत्तैै मोदीले भने, 'बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी छु'

दीपेन्द्र बडुवाल

लुम्बिनी — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी ओर्लिएका छन् । उनी सोमबार बिहान साढे १० बजे भैरहवामा आइपुगेका थिए ।

लुम्बिनीमा ओ‌र्लिए लगत्तैै मोदीले भने, 'बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी छु'

त्यहाँबाट उनी सिधै लुम्बिनीस्थित मायादेवी मन्दिरतर्फ लागेका छन् । उनी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नओर्लिएर भैरहवामा उनका लागि निर्माण गरिएको हेलिप्याडमा ओर्लिएका थिए ।

मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले हेलिप्याडमै पुगेर स्वागत गरेका थिए ।

नेपाल ओर्लिए लगत्तै मोदीले 'बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी भएको' प्रतिक्रिया दिए ।

उनको स्वागतका लागि प्रधानमन्त्री देउवासहित सरकारका मन्त्रीहरु पनि लुम्बिनी पुगेका छन् ।

प्रकाशित : जेष्ठ २, २०७९ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?