प्रधानमन्त्री देउवाद्वारा बौद्व सम्मेलन केन्द्रको उद्घाटन

दीपेन्द्र बडुवाल

बुटवल — प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्व जन्मस्थल लुम्बिनीमा निर्माण गरिएको बौद्व सम्मेलन तथा ध्यान केन्द्रको समुद्घाटन गरेका छन् । सोमबार बिहान आयोजिक समारोहका बीच प्रधानमन्त्री देउवाले केन्द्रको उद्घाटन गरेका हुन् ।  पाँच हजार जना अट्ने क्षमताको सो हल बनेपछि यहाँ हुने सम्मेलन र समारोहहरु सन्चालनका लागि सहज हुनेछ ।

प्रधानमन्त्री देउवाद्वारा बौद्व सम्मेलन केन्द्रको उद्घाटन

यहाँ प्रत्येक वर्ष अस्थायी हल निर्माण गरेर बुद्व जयन्ती समारोह हुँदै आएको थियो। यस्ता सम्मेलन र समारोह आयोजनाकालागि पाँच वर्ष अघि हल निमार्ण थालिएको थियो ।

यसवर्षको बुद्व जयन्तीका अवसरमा सोमबार अपरान्ह यही हलमा नेपाल र भारतका प्रधानमन्त्रीद्वयले २५६६ औं बुद्व जयन्ती समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

समारोहका लागि अहिले हल सिंगारेर चिटिक्क पारिएको छ ।

दुबै मुलुकका प्रधानमन्त्री सहभागी हुने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रकाशित : जेष्ठ २, २०७९ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?