२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

म्याग्दीको मंगला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष एमाले विजयी

काठमाडौँ — म्याग्दीको मंगला गाउँपालिकाको अध्यक्षमा एमालेका सतप्रसाद रोका र उपाध्यक्षमा एमालेकै प्रेमकुमारी खत्री (पेमा अधिकारी) विजयी भएका छन ।
निर्वाचन कार्यालय सहायक निर्वाचन अधिकृत मनोहर ढुङ्गानाका अनुसार अध्यक्षमा रोकाले ३ हजार ९ सय ६८ र उपाध्यक्षमा प्रेमकुमारी खत्री (पेमा अधिकारी)ले ४ हजार २ सय ६१ मत पाएर विजयी भएका हुन ।

म्याग्दीको मंगला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष एमाले विजयी

अध्यक्ष र उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वीरेन्द्र वुढाथोकीले २ हजार ८ सय ५ र उपाध्यक्षमा कांग्रेसकै शर्मिला थापाले २ हजार ५ सय ९५ मत पाईन । नवनिर्वाचित रोका ०७४ सालमा पनि एमालेबाट अध्यक्ष पदका विजयी भएका थिए ।

त्यस्तै मंगला गाउँपालिका १ को वडाध्यक्षमा एकजीत रोका, २ मा धनवबहादुर खाती र ५ नम्बर वडामा एमालेका भुपेन्द्र क्षेत्री विजयी भएका छन् । मंगला गापा ३ बरंजामा माओवादी केन्द्रका याम रोका र ४ नम्बर वडा वरंजामा कांग्रेसका लालबहादुर रोका विजयी भएका छन । कांग्रेसले मंगलामा यसपटक सुधार गरी एक वडा जित्न सकेको हो ।

प्रकाशित : जेष्ठ २, २०७९ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?