कमलबजारको प्रमुखमा कांग्रेसका ढकाल विजयी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कमलबजारको प्रमुखमा कांग्रेसका ढकाल विजयी

मेनुका ढुंगाना

अछाम — कमलबजार नगरपालिका प्रमुखमा कांग्रेसका यज्ञप्रसाद ढकाल र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार शारदा विष्ट विजयी भएका छन् ।

सोमबार बिहान सम्पन्न मतगणनामा नेपाली कांग्रेसका यज्ञप्रसाद ढकालले ४ हजार २ सय २८ मतका साथ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कटक साउदले ४ हजार ६५ मत पाए ।

उपप्रमुखमा नेकपा (एमाले)की शारदा विष्ट ४ हजार ५ सय २८ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी गौरी विष्ट भण्डारीले ३ हजार ६ सय ४८ मत प्राप्त गरिन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा कमलबजार नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा कांग्रेस विजयी भएको थियो ।

प्रकाशित : जेष्ठ २, २०७९ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्

ढकारी गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी

मेनुका ढुंगाना

अछाम — ढकारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका अध्यक्ष पदका उम्मेदवार प्रकाश साउँद ३ हजार १ सय ८१ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका धर्मबहादुर साउँदले २५ सय ५५ मत प्राप्त गरे ।

उपाध्यक्षमा पनि नेपाली कांग्रेसका नेत्रकला शाही विजयी भइन् ।

उनले ३१ सय मत प्राप्त गरि विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मायादेवि बुढाले २ हजार ५ सय ७३ मत प्राप्त गरिन । स्थानीय तह २०७४ को निर्वाचनमा पनि ढकारीमा कांग्रेस विजयी भएको थियो ।

प्रकाशित : जेष्ठ २, २०७९ ०७:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×