कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कमलबजारको प्रमुखमा कांग्रेसका ढकाल विजयी

मेनुका ढुंगाना

अछाम — कमलबजार नगरपालिका प्रमुखमा कांग्रेसका यज्ञप्रसाद ढकाल र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार शारदा विष्ट विजयी भएका छन् ।

कमलबजारको प्रमुखमा कांग्रेसका ढकाल विजयी

सोमबार बिहान सम्पन्न मतगणनामा नेपाली कांग्रेसका यज्ञप्रसाद ढकालले ४ हजार २ सय २८ मतका साथ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कटक साउदले ४ हजार ६५ मत पाए ।

उपप्रमुखमा नेकपा (एमाले)की शारदा विष्ट ४ हजार ५ सय २८ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी गौरी विष्ट भण्डारीले ३ हजार ६ सय ४८ मत प्राप्त गरिन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा कमलबजार नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा कांग्रेस विजयी भएको थियो ।

प्रकाशित : जेष्ठ २, २०७९ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?