१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

देउवाकै वडामा हार्‍यो कांग्रेस, कर्ण मल्ल पक्षका भण्डारी निर्वाचित

डीआर पन्त

डडेलधुरा — नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको वडामै कांग्रेस उम्मेदवार पराजित भएका छन् । डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस (बीपी)का नरेश भण्डारी निर्वाचित भएका हुन् । भण्डारीले ६७३ मत पाए भने कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत प्राप्त गरेका थिए ।

देउवाकै वडामा हार्‍यो कांग्रेस, कर्ण मल्ल पक्षका भण्डारी निर्वाचित

प्रधानमन्त्री देउवाले यही वडामा पुगेर मतदान गरेका थिए । डडेलधुरामा पुर्वजिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले देउवासँग असन्तुष्टि जनाउँदै नेकपा एमालेसँग तालमेल गरेर कांग्रेस बीपीको चुनाव चिन्हमार्फत् उम्मेदवारी दिएको छ ।

वडाध्यक्षमा टिकट वितरणको असन्तुष्टिको फाइदा उठाउँदै कांग्रेस बीपीले एमालेको सहयोगमा देउवाकै वडाबाट विजयी सुरूवात गरेको हो । कांग्रेस उम्मेदवार देउवा प्रधानमन्त्री देउवाकै बन्धु हुन् ।

अधिकांश समय काठमाडौंमा बस्ने उनलाई देउवाले वडाध्यक्षको उम्मेदवार बनाएका थिए । भण्डारी भने गाउँकै स्थानीय हुन् । गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा भने कांग्रेसकै उम्मेदवारले अग्रता लिएका छन् ।

पछिल्लो परिणामअनुसार कांग्रेसका इन्द्रबहादुर काकीृले १०३२ मत पाएका छन् भने कांग्रेस बीपीका सुरेन्द्रबहादुर मालीले ४९९ मत पाएका छन् । त्यस्तै, उपाध्यक्षमा कांग्रेसकी ज्ञानुकुमारी सेटीले ९८९ मत पाएकी छिन् भने एमालेका इन्द्रबहादुर महराले ५०२ मत पाएका छन् । यहाँ १० हजार ४१४ मतदाता छन् ।


प्रकाशित : वैशाख ३१, २०७९ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?