१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

रामेछापको गोकुलगंगा १ मा कांग्रेसको प्यानलै विजयी 

रामेछाप — रामेछापको गोकुलगंगा गाउँपालिकाको वडा नम्बर १ चुचुरेमा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार वडा नम्बर १ को मतगणना सकिएको छ ।

रामेछापको गोकुलगंगा १ मा कांग्रेसको प्यानलै विजयी 

मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार छत्रबहादुर बस्नेतले ७ सय १५ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिस्पर्धी नेकपा एमालेका मिनबहादुर कार्की (रामजी) ले ६ सय १९ मत पाएका थिए । नेपाली कांग्रेसबाट उम्मेदवार भएका महिला सदस्य दीर्घमाया खत्री ७ सय १०, दलित महिला सदस्य विमला खाति ७ सय ६ , र पुरुष खुला सदस्यमा दुर्गबहादुर थापा ७ सय ६ र टोपवहादुर खत्रीले ६ सय ७९ मत पाएर विजयी भएका छन् ।

गोकुलगंगा १ मा गाउँपालिकाको अध्यक्षमा समेत नेपाली कांग्रेसले अग्रता लिएको छ । नेपाली कांग्रेसका उम्मेदवार काजिबहादुर खड्का ( दिनेश ) ले ७ सय ६५ मत प्राप्त गरेका भने उनका प्रतिस्पर्धी नेकपा एमालेका खड्गबहादुर सुनुवारले ६ सय ३७ मत पाएका छन् ।

यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी उषादेवी कार्की प्रतिस्पर्धी भन्दा फराकिलो मतान्तरले अघि रहेकी छन् । कार्कीले ८ सय ४५ मत प्राप्त गरेकी छन भने उनकी प्रतिस्पर्धी एमालेकी राधिका नेवार श्रेष्ठले ५ सय ६८ मत पाएकी छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?