पूर्वखोला सिलुवामा एमालेका वडाध्यक्ष विजयी - समाचार - कान्तिपुर समाचार

पूर्वखोला सिलुवामा एमालेका वडाध्यक्ष विजयी 

माधव अर्याल

पाल्पा — पाल्पाको पूर्वखोला गाउँपालिका-१, सिलुवामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । सिलुवामा एमालेका गिरीमान आलेले १ हजार ४ सय ८८ मत ल्याएर प्यानलै विजयी भएका हुन् । 


उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका चुनबहादुर थापाले भने ४ स्य ८६ मत पाए । खुल्ला, महिला, दलित गरी चार सदस्य नै एमालेबाट निर्वाचित भएका छन् । यसै वडाबाट गाउँपालिका अध्यक्षका लागि एमालेका नुनबहादुर थापाले १ हजार ४ सय ४१ मत ल्याएका छन् ।

एमालेकै उपाध्यक्ष भागिरथी भट्टराईका लागि १ हजार ४ सय ७७ मत प्राप्त गरेका छन् । गठबन्धनकातर्फबाट नेकपा एकीकृत समाजवादीबाट अध्यक्षका उम्मेदवार मीन प्रसाद गिरीले ४ सय १ र उपाध्यक्षमा कांग्रेसकी विष्णुदेवी आचार्यले ४ सय ८४ मत पाएकी छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्

शितगंगामा गठबन्धनको सुरुवाती अग्रता

वीरेन्द्र केसी

अर्घाखाँची — शितगंगा नगरपालिका वडा नम्बर १४ को एक सय मत गणना गर्दा नगरप्रमुखमा ५ दलीय गठबन्धनमा कांग्रेसका छविलाल पौडेलले ५० मत ल्याएका छन् । एमालेका उम्मेदवार वसन्त श्रेष्ठले ४२ मत ल्याए । 

उपप्रमुखमा गठबन्धनमा माओवादी केन्द्रका टीका रेश्मीले ४४ मत ल्याए भने एमालेकी गिता भाटले ४३ मत ल्याइन् ।




प्रकाशित : वैशाख ३१, २०७९ १४:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×