संस्कृतिविद् जोशीको १०३औं जन्मदिन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संस्कृतिविद् जोशीको १०३औं जन्मदिन

श्वासप्रश्वासमा समस्या भएकाले मतदानमा सहभागी भएनन्
रासस, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३औँ जन्मदिन शुक्रबार परिवारिक रुपमा मात्र मनाएका छन् ।

स्थानीय तहको निर्वाचनको दिन परेको र सवारी साधन आवतजावतमा समस्या भएकाले आफ्नो पारिवारका सीमित सदस्यबीच जन्मदिन मनाइएको जोशीका माइला छोरा हेमन्तले जानकारी दिए ।


केही दिनदेखि श्वासप्रश्वासमा समस्या आएपछि उनलाई समय समयमा अक्सिजन दिनुपरेकाले पनि मतदानका लागि जान कठिन भएको उनले जानकारी दिए । जोशीलाई अहिले अरुको सहारामा पनि मतदान केन्द्रसम्म जान सक्ने अवस्था नभएको हेमन्तले बताए।


प्रकाशित : वैशाख ३०, २०७९ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्

बाह्रबिसे-३ मा झडप हुँदा प्रहरीद्वारा चार राउन्ड हवाइ फायर, चार जना घाइते

अनिश तिवारी

सिन्धुपाल्चोक — नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा जिल्लाको बाह्रबिसे नगरपालिका ३ स्थित क्षमादेवी माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

पूर्वमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको गृहनगर बाह्रबिसे नगरको क्षमादेवी मन्दिर क्षेत्रको स्थानीय मतदान केन्द्रमा दुई दलबीचको विवादले झडपको रुप लिएपछि मतदान स्थगित गरिएको हो ।

जिल्ला प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार मतदान केन्द्रमा झडपलाई रोक्न सशस्त्र प्रहरीले चार राउन्ड हवाइ फायरिङ गरेको र अन्य सुरक्षाकर्मी फौज परिचालन गरिएको छ । करिब १ बजे मतदान केन्द्रमा बाह्रबिसे नगरको वडाका स्वतन्त्र उम्मेदवारले मतपेटिकातर्फ लाठी तेर्स्याएपछि त्यसलाई रोक्न दुई दलबीच घम्साघम्सी भएको थियो ।

‘त्यही कुराले झडप भयो, त्यसलाई रोक्न चार राउन्ड हवाइ फायर भएको छ । मतदान रोकिएको छ,’ घटनास्थलमा पुगेका इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेले भने । त्यस झडपमा एमाले र कांग्रेसका गरी चार जना कार्यकर्ता घाइते भएका छन् । अधिकाशंको हात र खुट्टामा चोट लागेको उनले बताए । ‘झडप शान्त बनाएर तत्कालै सर्वदलीय बैठक र छलफल भइरहेको छ । छलफलबाट दलबीच शान्तिपूर्वक सहमति भएपछि मतदान पुनः सुरु गरिएको छ,’ उनले भने ।

प्रकाशित : वैशाख ३०, २०७९ १४:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×