कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

संस्कृतिविद् जोशीको १०३औं जन्मदिन

श्वासप्रश्वासमा समस्या भएकाले मतदानमा सहभागी भएनन्

काठमाडौँ — संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३औँ जन्मदिन शुक्रबार परिवारिक रुपमा मात्र मनाएका छन् ।

संस्कृतिविद् जोशीको १०३औं जन्मदिन

स्थानीय तहको निर्वाचनको दिन परेको र सवारी साधन आवतजावतमा समस्या भएकाले आफ्नो पारिवारका सीमित सदस्यबीच जन्मदिन मनाइएको जोशीका माइला छोरा हेमन्तले जानकारी दिए ।


केही दिनदेखि श्वासप्रश्वासमा समस्या आएपछि उनलाई समय समयमा अक्सिजन दिनुपरेकाले पनि मतदानका लागि जान कठिन भएको उनले जानकारी दिए । जोशीलाई अहिले अरुको सहारामा पनि मतदान केन्द्रसम्म जान सक्ने अवस्था नभएको हेमन्तले बताए।


प्रकाशित : वैशाख ३०, २०७९ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?