२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना, १४ जनाको मृत्यु [अपडेट]

स्याङ्जा, पोखरा — स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमूलमा शुक्रबार जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना, १४ जनाको मृत्यु [अपडेट]

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलका अनुसार दुर्घटनामा घाइते भएकालाई थप उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज रिफर गरिएको छ ।

स्याङजा प्रहरीका अनुसार ग २ च ३०२६ नम्बरको डबल क्याब पिकअप सडकबाट डेढसय मिटर तल खसेर दुर्घटना भएको हो ।

स्थानीय तहको निर्वाचनमा मत हाल्न शिघ्रेदेखि वालिङतर्फ आउने क्रममा जीप सडकबाट खसेको थियो । वडा प्रहरी कार्यालय वालिङका डिएसपी ढकेन्द्र खतिवडाको नेतृत्वको प्रहरी टोली, सशस्त्र प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार गरेका थिए । निर्वाचनको दिन भएकाले प्रहरी जनशक्ति कम हुँदा उद्धारमा कठिनाइ भएको थियो ।

प्रहरीका अनुसार मृतकहरुमा वालिङ नगरपालिका–१४ पञ्चमूल अर्खलबास बस्ने ६३ वर्षकी माया पुन, वर्ष ९ का प्रविण कुँवर, वर्ष ५० का कुलदिप कुँवर, वर्ष ५० की डेमकुमारी कुँवर, वर्ष ८६ की हरिकला कुँवर, वर्ष ५० की टेककला कुँवर, वर्ष २५ की जमुना कुँवर, वर्ष ७० की भिमकला कुँवर, वर्ष ७० की मुवाकुमारी कुँवर, वर्ष ४३ की पोटकुमारी कुँवर, वर्ष ४३ की जानुका कुँवर,वर्ष ४२ की ज्ञान दली कुँवर,वर्ष ५० की मिना कुँवर र फूलदेवी कुँवर रहेका छन् ।

पोखरा पठाइएका घाइतेहरुमा वालिङ नगरपालिका–१४ पञ्चमूल अर्खलबासकी बेलमाया कुँवर, चालक भूलबहादुर कुँवर, गौमती थापा, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, कविता कुँवर अनिश कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर र सीता कुँवर रहेका छन् ।

प्रकाशित : वैशाख ३०, २०७९ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?