कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

नेकपा (बहुमत) का संयोजक बास्तोला रिहा

दुर्गालाल केसी

दाङ — नेकपा (बहुमत) का संयोजक धमेन्द्र बास्तोलालाई प्रहरीले रिहा गरेको छ । पोखराबाट बाँकेतर्फ जाँदै गरेका बास्तोलासहितका तीन नेतालाई प्रहरीले बिहीबार बिहान भालुबाङमा नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।

नेकपा (बहुमत) का संयोजक बास्तोला रिहा

बास्तोलाको पार्टीले निर्वाचन बिथोल्नसक्ने आशंकाले सोधपुछका लागि केही समय नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सोधपुछका क्रममा उनले निर्वाचन बिथोल्ने कुनै नीति नभएको स्पष्ट पारेपछि छोडिएको प्रहरीको भनाइ छ । बुधबार बुटवलमा बम बिस्फोट भएपछि बास्तोलाको पार्टीमाथि प्रहरीले निगरानी राखेको थियो ।

ना ५ ख ३३७८ नम्बरको बसमा चढेका बास्तोलासहित रामारोशन गाउँपालिका ६ अछामका राजेन्द्र साउद र काभ्रे महाभारतका असल मुक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । बास्कोटा पक्राउ परेपछि नेकपा (बहुमत) केन्द्रीय कार्यालयकातर्फबाट सुदर्शन वलीले विज्ञप्ति जारी गरी कुनै विस्फोटजन्य कार्य गर्ने र सशस्त्ररुपमा निर्वाचन बहिस्कार गर्ने नीति नरहेको स्पष्ट पारेका छन् । सोधपुछका क्रममा केही समस्या नदेखिएपछि छोडिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

नेत्रविक्रम चन्दले कारबाही गरेपछि बास्तोला र वलीले उल्टै चन्दलाई कारबाही गरी नेकपा (बहुमत) गठन गरेका थिए । बास्तोला र वलीले निर्वाचनमा सहभागी नहुने धारणा अघि सारेका थिए भने चन्द निर्वाचनलाई उपयोग गर्ने रणनीतिमा लागेका थिए । यही विषयमा विवाद भएपछि एकले अर्कोलाई कारबाहीको अवस्था सिर्जना भएको थियो ।

प्रकाशित : वैशाख २९, २०७९ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?