लाक्पा १० औं पटक सगरमाथामा 

विश्वमै सर्वाधिक सगरमाथा आरोहण गर्ने महिला 
सुरज कुँवर

काठमाडौँ — संखुवासभाकी ४८ वर्षीया लाक्पा शेर्पा बिहीबार बिहान १० औं पटक सगरमाथा चुचुरोमा पुगेकी छन् । 

लाक्पा १० औं पटक सगरमाथामा 

०७५ जेठ २ गते तिब्बततर्फको उत्तरी मोहोडाबाट नवौं पटक सगरमाथा आरोहण गरेकी लाक्पाले बिहीबार बिहान साढे ६ बजे सगरमाथा चुचुरोमा पाइला राखेको सेभेन समिट एडभेन्चर प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले बताए ।

‘लाक्पासहित चार शेर्पा र एक अमेरिकी आरोही आज बिहान साढे ६ बजे सगरमाथा चुचुरोमा पुगेको खबर आएको छ,’ काठमाडौंमा रहेका मिङ्माले कान्तिपुरसँग भने, ‘लाक्पाको यो १० औं पटकको सगरमाथा आरोहण हो । उनी सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्वकै एक्लो महिला हुन् ।’

तीन सन्तानका साथ हाल अमेरिकाको कनेक्टिकटमा बस्दै आएकी लाक्पा पछिल्ला वर्ष आफ्नै रेकर्ड ब्रेक गर्दै आइरहेकी छन् ।

यसअघि उनलाई नवौं पटक सगरमाथा आरोहण गर्दा अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनकी पत्नी हिलारी क्लिन्टनले शुभकामना सन्देश दिएकी थिइन् ।

२६ वर्षको उमेरमा २०५७ जेठ ५ गते पहिलोपटक उनले सगरमाथा आरोहण गरेकी लाक्पा हरेक वर्ष ‘विश्वभरका महिला पुरुष भन्दा कम छैनन्’ भन्ने नारा लिई आरोहणमा जाने गर्छिन् ।

प्रकाशित : वैशाख २९, २०७९ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?