कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

मोदीको आगमनको पूर्वतयारीका लागि गौतम बुद्ध विमानस्थलमा भारतीय विमान अवतरण

माधव ढुंगाना

काठमाडौँ — जेठ २ गते बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनको पूर्वतयारीका लागि बिहीबार बिहान भारतीय वायु सेनाको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको छ ।

मोदीको आगमनको पूर्वतयारीका लागि गौतम बुद्ध विमानस्थलमा भारतीय विमान अवतरण

उक्त विमानमा भारतीय सैनिक अधिकारीको टोली र अतिविशिष्ट पाहुनाहरूले प्रयोग गर्ने सवारीलगायत अन्य बन्दोबस्तका सामग्रीहरू रहेको विमानस्थलका प्रवक्ता श्यामकिशोर साहले बताए ।

भारतीय एयरफोर्सको आईएल ७६ इलुसिन विमान १९२ तौलसहितको सामग्रीसहित अवतरण गरेको उनले बताए । यो गौतम बुद्ध विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय उडानसमेत हो ।

पहिलो अन्तर्राष्ट्रिय उडान अवतरण गरेकाले विमानस्थलका कर्मचारीहरूले विमानमा आएका सबैलाई खादा ओडाएर स्वागत गरेका थिए । यसअघि उक्त विमानस्थलमा नमूना उडान परीक्षण भएको थियो ।

प्रकाशित : वैशाख २८, २०७९ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?