कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री देउवाको आग्रह- 'गठबन्धनविरुद्ध आशंका नगर्नु, राष्ट्रको हितमा छ'

रासस

दाङ — नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन ऐतिहासिक तथा राष्ट्रिय आवश्यकतामा निर्माण भएको बताएका छन् ।

प्रधानमन्त्री देउवाको आग्रह- 'गठबन्धनविरुद्ध आशंका नगर्नु, राष्ट्रको हितमा छ'

तुलसीपुरमा गठबन्धन दलले आइतबार आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले देशलाई दुर्घटनाबाट जोगाउन र राष्ट्रको हितमा गठबन्धनको आवश्यकता महसुस गरी गरिएको बताए ।

प्रधानमन्त्री देउवाले गठबन्धनविरुद्ध शंका र उपशंका नगर्न आग्रह गर्दै उनले भने, 'गठबन्धन बन्नुअघि कांग्रेसको अवस्था कस्तो थियो । आज हाम्रो नेतृत्वमा सरकार छ । यो सरकारलाई टिकाउन लागि गठबन्धनको आवश्यक देखिन्छ ।'

उनले गठबन्धनका उम्मेदवार वियजी बनाउनका लागि मेहनत गर्न कांग्रेस कार्यकर्तालाई आग्रहसमेत गरे ।

प्रकाशित : वैशाख २५, २०७९ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?