कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कामीरिता २६ औं पटक सगरमाथा चुचुरोमा 

सुरज कुँवर

काठमाडौँ — यस पटकको वसन्तकालीन हिमाल आरोहणका लागि बाटो बनाउँदै शनिबार बेलुकी कामीरिता शेर्पासहित ११ जना शेर्पाको टोली विश्वकै अग्लो हिमालको चुचुरोमा पुगेका छन् । योसँगै सोलुखुम्बुको थामेका ५२ वर्षीय कामीरिता शेर्पा २६ औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै २५ औं पटकको विश्व कीर्तिमान 'ब्रेक' गरेका छन् ।

कामीरिता २६ औं पटक सगरमाथा चुचुरोमा 

‘कामीरितासहित ११ नेपाली शेर्पाहरुको टोलीले शनिबार बेलुकी ६:५५ बजे सगरमाथा चुचुरोमा पाइला राखेका छन्,’ काठमाडौंस्थित सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले कान्तिपुरसँग भने,‘कामीरिताको नेतृत्वमा ११ जना शेर्पा गाइड शुक्रबार साँझ डोरी टाँगेर बाटो बनाउँदै चुचुरोतर्फ लागेका थिए ।’

यस सिजनमा आरोहीहरुका लागि सगरमाथामा रोप फिक्सिङ (डोरी टागेर) गरी चुचुरोसम्मै बाटो बनाइदिने कामीरिताले नेतृत्व गरेको टोलीमा संखुवासभाका सोना शेर्पा, निग्मा टासी शेर्पा, फुर्वा कुसाङ शेर्पा, पासतेन्जिङ शेर्पा, तारेमान शेर्पा थिए । त्यस्तै सोलुखुम्बुका निग्मा टासी शेर्पा, तेन्जिङ ग्याल्जे शेर्पा, फुर्वा छोतार र दोलखाका मिग्मा धन्दु शेर्पा थिए । यी सबै शेर्पा आइतबार बेलुकीसम्म सगरमाथा आधार शिविरसम्म फर्किने भनिएको छ ।

प्रकाशित : वैशाख २४, २०७९ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?