‘राम-सीता’को गठबन्धन भएको ठाउँ जनकपुरमा पाँच दलीय गठबन्धन कमजोर हुँदैन : देउवा - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘राम-सीता’को गठबन्धन भएको ठाउँ जनकपुरमा पाँच दलीय गठबन्धन कमजोर हुँदैन : देउवा 

सन्तोष सिंह

धनुषा — प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकता भएका बुबाआमाका छोराछोरीले चाँडै नागरिकता पाउने बताएका छन् । 'बुबाआमाले नागरिकता पाएका छोराछोरी मधेसमा नागरिकता पाएका छैनन्', देउवाले भने,‘आमा बुबाको नागरिकता हुने छोरोछोरीलाई गठबन्धनको सरकारले चाँडै नागरिकता उपलब्ध गराउने छन् ।’ 

जनकपुरधाममा शनिबार आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मधेसको हक दिलाउने गठबन्धनको प्रमुख प्राथमिकता रहेको बताए । ‘राम–सीता’को गठबन्धन भएको ठाउँ जनकपुरमा पाँच दलीय गठबन्धन कमजोर नहुने बताए । नेपाली सेनाको हेलिकप्टरबाट जनकपुर आएका प्रधानमनत्री देउवाले पार्टीको अनुशासनमा बसेर गठबन्धनका उम्मेदवारलाई विजयी गराएर गठबनधन टिकाउन कार्यकर्तालाई आग्रह गरे ।

'गठबन्धनलाई अब पराजित हुने छुट छैन,' उनले भने,‘देशभरि गठबन्धनको पक्षमा माहोल छ । असन्तुष्टि हुन सक्छन् । गठन्धनको विरोध सह्य हुँदैन ।’

प्रकाशित : वैशाख २४, २०७९ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्

एमाले गुटका कारण नागरिकता विधेयक अघि बढाउन सकिएन : दाहाल

सदनमा अवरोधका बीच पनि नागरिकता विधेयक अगाडि बढाउने पुष्पकमल दाहालको प्रतिबद्धता
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नागरिकता विधेयक 'एमाले गुट' (नेकपा एमाले) का कारण अघि बढ्न नसकेको बताएका छन् । एमालेका सांसदहरूले सदन अवरोध गरिरहँदा विधेयक अघि बढाउन नपाएको उनले बताए ।

अब बस्ने सदनमा विधेयकलाई अघि बढाउने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । यदी सदन अवरोध भए पनि अवरोधका बीच विधेयक अगाडि बढाउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भनेको उनले बताए ।

'मैले प्रधानमन्त्रीजीलाई पनि भनिसकेको छु, एमाले गुटले अवरोध जारी राखे पनि कुनै हालतमा अवरोधका बीच पनि नागरिकता विधेयक अघि सार्नेछौं,' नेता दाहालले भनेका छन् ।

शनिबार जनकपुरमा पाँच दलीय सत्ता गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता दाहालले यस्तो बताएका हुन् । यस क्रममा उनले निर्वाचनमा प्रतिगामीलाई विजयी हुन नदिने पाँच दलीय गठबन्धनको संकल्प रहेको बताएका थिए ।

केपी ओलीले संसद्‍ विघटन गरेको घटनालाई एक दुर्घटना भन्दै उनले त्यसै आधारमा गठबन्धन तयार भएको बताएका थिए । जुन गठबन्धन एउटा वा दुईवटा चुनाव मात्रै नभएर पछिसम्म पनि टिकाएर लैजाने उनले बताएका थिए ।

यसैबीच जनकपुरमा कायम रहेको गुठी लगायत समस्याबारे गठबन्धनका उम्मेदवारले जितेको खण्डमा समाधान गर्ने दाहालको भनाइ थियो ।

प्रकाशित : वैशाख २४, २०७९ १७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×