महिला उम्मेदवारलाई हराउँदा नराम्रो सन्देश जान्छ : देउवा 

काठमाडौँ — प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महिला उम्मेदवारलाई दुनियाँले राम्रो, नराम्रो भन्ने बताएका छन् । काठमाडौंमा शुक्रबार पाँच दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै महिला उम्मेदवारलाई हराउँदा सन्देश नराम्रो जाने बताए ।

महिला उम्मेदवारलाई हराउँदा नराम्रो सन्देश जान्छ : देउवा 

‘बाबुआमाले विवाह प्रकाशमानसँग गरिदिए सिर्जनाको के दोष ? आमाबाबुले बिहे गरिदिए बिचरीले के गरुन्,’ देउवाले भने, ‘राजधानीको उम्मेदवार महिला हुनु ठूलो कुरा हो । महिलालाई हराए दुनियाँले के भन्छन् ?’

कार्यक्रममा देउवाले भरतपुरमा रेनु दाहालले राम्रो काम गरेको र आफूले नै उम्मेदवार बनाउन जोड दिएको बताए । ‘प्रचण्डजीको छोरी भएर जन्मनु अपराध होइन । कहाँ जन्मिने कुरा हातमा हुँदैन । प्रचण्डको छोरी हुनु गल्ती होइन, कति राम्रो काम गर्नु भएको छ ।’

प्रकाशित : वैशाख २३, २०७९ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?