१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

आलमलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार 

काठमाडौँ — सर्वोच्च अदालतले रौतहटमा भएको बम विस्फोटका अभियुक्त मोहम्मद अफताब आलमलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । आलमको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले रिहाइको आदेश दिन अस्वीकार गरेको हो । 

आलमलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार 

सर्वोच्च अदालतले शुक्रबार आलमको निवेदनमा सुनुवाइ गर्दै जनकपुर उच्च अदालत वीरगन्ज इजलासको आदेश सदर गरेको छ । जिल्ला अदालत रौतहटको आदेशविरुद्ध उनी उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा पुगेका थिए । उक्त इजलासले पनि जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्‍न दिएको आदेश सदर गरेको थियो ।

जिल्ला र उच्च अदालतको आदेश उल्ट्याइ साधारण तारेखमा छाड्‍ने आदेश माग्दै आलम सर्वोच्च अदालत पुगेका थिए ।

कांग्रेसका सांसदसमेत रहेका आलमलाई २०६४ चैत २७ गते संविधानसभा निर्वाचनपूर्व बम विस्फोट गराएको र घाइतेहरूलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोप छ ।

उनी हाल सांसद पदबाट निलम्बनमा परेका छन् । प्रमाण नष्ट गर्नका लागि त्यस्तो गरिएको उनीमाथि आरोप लागेको छ । रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित आलमलाई प्रहरीले २०७६ असोजमा पक्राउ गरेको थियो ।

प्रकाशित : वैशाख २३, २०७९ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?