१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

कञ्चनजंघामा बिहीबार २६ आरोही

फोटो पत्रकार पूर्णिमा पनि शिखरमा

काठमाडौँ — १५ नेपालीसहित कम्तीमा २६ जनाले बिहीबार विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहण गरेका छन् । पायोनियर एडभेन्चर प्रालिका महाप्रबन्धक निभेष कार्कीका अनुसार, बाटो बनाउँदै संखुवासभाका मिङ्मा दोर्जी शेर्पा र सानु शेर्पा दिउँसो ४ बजेर ५२ मिनेटमा शिखरमा पुगेका थिए ।

कञ्चनजंघामा बिहीबार २६ आरोही

उनीहरु पछि पायोनियरका १२ नेपाली शेर्पा गाइड र ८ जना विदेशी तथा अर्को कम्पनी सभेन समिट ट्रेक्सका तीन नेपाली र तीन विदेशी गरी कम्तीमा २६ जनाले कञ्चनजंघा आरोहण गरेको दुवै कम्पनीले इन्स्टाग्राममार्फत सार्वजनिक गरेका छन् ।

पाओनियरबाट नेपाली महिला आरोही पासाङ ल्हामु शेर्पा अकितासहित ११ पुरुष छन् भने सेभेन समिटबाट फोटो पत्रकार पूर्णिमा श्रेष्ठसहित दुई पुरुष आरोही छन् ।

सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिग्मा शेर्पाका अनुसार, उनीहरु शुक्रबारसम्म कञ्चनजंघाको आधार शिविरमा आइपुग्ने खबर प्राप्त भएको छ । यसवर्षको बसन्तयाममा आरोहणको सुरुवात चैत २६ गते धौलागिरि हिमालबाट भएको थियो । त्यसदिन १० विदेशीसहित कम्तीमा २४ जनाले धौलागिरि आरोहण गरेका थिए ।

यसवर्ष आरोहणका क्रममा एक जना विदेशीले ज्यान गुमाएका छन् । धौलागिरि हिमाल आरोहण सकेर फर्किँदै गरेका ग्रिसका एन्तोनिस साइकारीसको चैत २९ गते ७ हजार ४ सय मिटरको उचाईमा मृत्यु भएको शेर्पाले बताए ।


प्रकाशित : वैशाख २२, २०७९ २२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?