१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा धनुषामा ३ जनाको मृत्यु

सन्तोष सिंह

धनुषा — धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा रोकिएको ट्रकमा पछाडिबाट मोटरसाइकल ठोक्किादा ३ जनाको मृत्यु भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोलमा मंगलबार बिहान करिब ३ बजे ना २ ख ८६२४ नम्बरको ट्रकमा लु ८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । 

दुर्घटनामा धनुषा विदेह नगरपालिका–६ का अविनाश मण्डल, जनकपुर–४ का सुमित टिण्डेवल र सनाखत हुन नसकेका एक जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक चन्द्रभूषण यादवले बताए । एउटै मोटरसाइकलमा सवार तीनै जनाको जनकपुर प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख १३, २०७९ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?