१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६
च्याम्पियन्स लिग

बेन्जेमाको ह्याट्रिकमा रियलले चेल्सीलाई हरायो

काठमाडौँ — करिम बेन्जेमाको ह्याट्रिकमा युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा रियल म्याड्रिडले बुधबार चेल्सीलाई ३–१ ले हराएको छ । स्टायनफोर्ड ब्रिजमा प्राप्त यो जितपछि रियल सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ ।

बेन्जेमाको ह्याट्रिकमा रियलले चेल्सीलाई हरायो

कार्लो एन्सेलोटीले यसअघि आफ्नो प्रशिक्षणमा रहेको क्लबमा विजयी पुनरागमन रचेका हुन् । बेन्जेमाले भने उत्कृष्ट प्रदर्शन गर्ने क्रममा २१, २४ र ४६ औं मिनेटमा तीन गोल गरे ।

काइ हाभर्टेजले चेल्सीका लागि एक गोल फर्काए । बुधबारकै अर्को खेलमा भिल्लारियलले बायर्न म्युनिकलाई आफ्नो घरमा १–० ले हरायो । त्यसमा आरनउट डानजुमाले आठौं मिनेटमा निर्णायक गोल गरे ।

प्रकाशित : चैत्र २४, २०७८ ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?