२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

लोसपा अध्यक्ष ठाकुरको स्वास्थ्य अवस्था स्थिर तर सुधारोन्मुख

अतुल मिश्र

काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । 

भैरहवामा रहँदा अचानक स्वास्थ्य समस्या देखिएपछि ७९ वर्षीय ठाकुरलाई बुधबार दिउँसो हेलिकप्टरबाट उद्धार गरेर काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको हो ।

लोसपा अध्यक्ष ठाकुरको स्वास्थ्य अवस्था स्थिर तर सुधारोन्मुख

‘ठाकुरज्युको स्वास्थ्य स्थिति स्थिर र सुधारोन्मुख छ, कुराकानी आदि ठीक छ’, मेडिसिटीका मेडिकल डाइरेक्टर डा.जयेन्द्र बज्राचार्यले भने ।

पारिवारिक स्रोतको अनुसार ज्वरो र झाडा पखालाको समस्या देखिएपछि उनलाई बुधबार भैरहवाको भिम अस्पताल लगिएको थियो । त्यहाँ अक्सिजन दिइएको थियो ।

मेडिसिटीको आइसीयूमा उपचाररत रहेका ठाकुरलाई निमोनियासमेत देखिएको र एन्टिवायोटिक औषधि सुरु गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित : चैत्र २३, २०७८ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?