आचारसंहिताबारे आयोगले बोलाएको बैठकमा बोल्न नदिएको भन्दै नाराबाजी

काठमाडौँ — निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयन प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न दलहरूलाई दबाब दिएपछि विवाद भएको छ । मंगलबार आयोगले आचारसंहिताबारे ७९ दललाई छलफलमा बोलाएको थियो । आयोगले दलहरूलाई आचारसंहितामाथि छलफल नगरी प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न भनेको थियो ।

आचारसंहिताबारे आयोगले बोलाएको बैठकमा बोल्न नदिएको भन्दै नाराबाजी

छलफल नै नगरी हस्ताक्षर गर्न भनेपछि साना दलका नेता र प्रतिनिधिले विरोध जनाएका हुन् । सत्तारुढ गठबन्धन र ठूला दलको आदेशमा आयोग चलेको भन्दै साना दलले आयोगका पदाधिकारीविरुद्ध नाराबाजीसमेत गरेका छन् । बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विवाद नगर्न आग्रह गरे पनि विरोध जारी रहेको छ ।

आयोगले दलका प्रमुख तथा प्रतिनिधिहरुलाई छलफलमा बोलाएको भए पनि कतिपय दलका अध्यक्ष र केन्द्रीय सदस्यहरु समेत उपस्थित भएका भन्दै केही दलहरुले आपत्ति समेत जनाएका थिए ।

प्रकाशित : चैत्र २२, २०७८ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?