३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

उपसभापति खड्कालाई कांग्रेस निर्वाचन परिचालन समितिको जिम्मा 

काठमाडौँ — नेपाली कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा 'स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति' गठन गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले खड्काको नेतृत्वमा निर्वाचनका लागि केन्द्रीय परिचालन समिति गठन गरेको हो । 

उपसभापति खड्कालाई कांग्रेस निर्वाचन परिचालन समितिको जिम्मा 

कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय चुनावमा बहुसंख्यक स्थानीय तहमा विजयी हुने पनि बताएको छ । स्थानीय तह निर्वाचन केन्द्रित 'घरघर जाऔं, कांग्रेस जिताऔं' अभियानले कांग्रेसको विजयको आधारलाई थप व्यापक र मजबुत बनाउँदै लगेको पनि कांग्रेसले जनाएको छ ।

यस्तै प्रवक्ता प्रकाशशरण महतको नेतृत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गर्ने निर्णय पनि केन्द्रीय कार्यसमिति बैठकले जनाएको छ ।

प्रकाशित : चैत्र १५, २०७८ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?