कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

प्रधानमन्त्री देउवा र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता सम्पन्न

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर एवम् विदेशमन्त्री वाङ यीबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ उनीहरूबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री देउवा र चिनियाँ विदेशमन्त्री वाङबीच करिब १ घण्टा कुराकानी भएको थियो ।

प्रधानमन्त्री देउवा र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता सम्पन्न

भेटका क्रममा विदेशमन्त्री वाङले प्रधानमन्त्री देउवालाई चीनको आर्थिक सहयोगमा निर्माण भएको पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरेका थिए । भेटमा दुई देशबीचको कुटनीतिक सम्बन्ध विस्तार लगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्का र नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्तापछि विदेशमन्त्री वाङ प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।

सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री खड्काबीच भेटवार्ता भएको थियो । पछि दुई देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भएको थियो । भेटमा नेपाल र चीन बीच विभिन्न नाै वटा समझदारी-पत्रमा हस्ताक्षर भएको छ ।

तीनदिने नेपाल भ्रमणका लागि शुक्रबार अपरान्ह नेपाल आइपुगेका विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसहित नेकपा एमालेका अध्यक्ष केपी ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेतासँग भेटघाट गर्ने कार्यतालिका छ ।

प्रकाशित : चैत्र १२, २०७८ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?