लेखन प्रतियोगितामा स्तुति सापकोटा सर्वोत्कृष्ट- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कान्तिपुर एजुकेसन समिट

लेखन प्रतियोगितामा स्तुति सापकोटा सर्वोत्कृष्ट

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर एजुकेसन समिटका अवसरमा 'नेपालको शैक्षिक नीतिः सुधारको चुनौती' विषयक लेखन प्रतियोगितामा स्तुति सापकोटा सर्वोत्कृष्ट भएकी छिन् ।

कान्तिपुरलाई विभिन्न माध्यमबाट प्राप्त लेखमध्ये वीरेन्द्र सैनिक महाविद्यालय, सल्लाघारी कक्षा ११ मा अध्ययनरत सापकोटाको लेखलाई सर्वोत्कृष्ट लेखका रुपमा छानिएको हो । उनलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले प्रमाणपत्र र २१ हजार रुपैया प्रदान गरे ।

प्रकाशित : चैत्र ७, २०७८ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्

वैशाख ९ मा चुनावी घोषणा पत्र सार्वजनिक गर्दै एमाले

कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने एमालेको तयारी ।
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)ले आगामी वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । सोमबार काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकले वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापनाको दिवसको अवसर पारेर स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टी स्थापना दिवसको अवसर पारेर केन्द्रको तर्फबाट चुनावी घोषणा पत्र र सबै स्थानीय तहहरुले आ–आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्ने निर्णय गरिएको जानकारी दिए ।

एमालेले स्थानीय तहका निर्वाचनमा उम्मेदवारहरु तय गर्ने विधि र मापदण्ड पनि बनाएको छ । स्थानीय तहको वडाध्यक्ष र वडा सदस्यहरुको वडा कमिटीले सिफारिस गर्ने र त्यसको निर्णय पालिका कमिटीहरुले गर्नेछ । त्यसैगरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तय गर्न गाउँ कमिटीले सुझाव दिने र त्यसैको आधारमा सम्बन्धित जिल्ला कमिटी सिफारिस गरेपछि प्रदेश कमिटीले निर्णय गर्नेछ ।

प्रचार विभाग प्रमुख गुरुङले नगरपालिकाको मेयर, उपमेयरको हकमा पनि प्रदेश कमिटीले नै निर्णय गर्ने जानकारी दिए । उपमहानगरपालिका र महानगरपालिकाको मेयर, उपमेयर भने प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्नेछ । विगतको कामको मूल्यांकन, उनीहरुको कार्यक्षमता, विकास र सुशासनप्रतिको उनीहरुको दृष्टिकोण उम्मेदवार चयनका मुख्य मापदण्ड भएको एमालेले जनाएको छ ।

त्यस्तै लोकप्रियता, चुनावमा जितको सुनिश्चितता पनि अर्को मापदण्ड हुने प्रचार विभाग प्रमुख गुरुङले बताए । ‘स्थानीय तहका उम्मेदवारहरुको सिफारिस गर्दा वडाध्यक्षहरु, वडा सदस्यहरुको सिफारिस वडा कमिटीहरुले गर्ने र त्यसको निर्णय चाहिँ पालिका कमिटीहरुले गर्नेछ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको सिफारिस गाउँपालिका कमिटीहरुको सुझावमा जिल्ला कमिटीले गर्छ । र जिल्ला कमिटीको सिफारिसको आधारमा प्रदेश कमिटीले निर्णय गर्छ । नगरपालिकाको मेयर, उपमेयरको हकमा पनि त्यसको निर्णय चाहिँ प्रदेश कमिटीले गर्छ । बाँकी महानगरपालिकाको मेयर, उपमेयरको निर्णय चाहिँ प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले गर्छ,' प्रचार विभाग प्रमुख गुरुङले भने।

प्रकाशित : चैत्र ७, २०७८ १६:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×