कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सरकारले निजी स्कुलबाट पाठ सिकेर शिक्षा नीति बनाउनुपर्छ : लिम्बू

काठमाडौँ — प्रिमियर इन्टरनेसनल आईबी वर्ल्ड स्कुलकी प्रबन्ध निर्देशक पवित्रा लिम्बूले निजी शिक्षा क्षेत्रको दायरा आउँदा दिनमा अझै बढ्ने  बताएकी छिन् ।

सरकारले निजी स्कुलबाट पाठ सिकेर शिक्षा नीति बनाउनुपर्छ : लिम्बू

सोमबार कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित 'कान्तिपुर एजुकेसन समिट' मा लिम्बूले नेपालमा जनसंख्या घटिरहेको उल्लेख गर्दै अब सबैले राम्रा र निजी स्कुलमा पढाउन खोज्ने बताएकी हुन् ।

नेपालमा निजी शिक्षा र सरकारी शिक्षाको बहस अब पुरानो भएको उनले बताइन् । विश्वका २५ प्रतिशत मानिस उत्कृष्ट व्यवस्थापनसहितको निजी स्कुलमा पढ्ने गरेको पनि उनको दाबी छ । निजी स्कुलमा पढाइको गुणस्तर, रिजल्ट, शिक्षकको जवाफदेहीता निकै उत्कृष्ट रहेको अन्तर्राष्ट्रिय अध्ययनहरुले देखाएको उनको तर्क छ । सरकारले निजी स्कुलबाट पाठ सिकेर शिक्षा नीति बनाउनु पर्ने उनको सुझाव छ ।

प्रकाशित : चैत्र ७, २०७८ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?